Home / News / नाईजेरियालाई हराउँदै अर्जे्न्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

नाईजेरियालाई हराउँदै अर्जे्न्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश

चितवन १३ असार–नाईजेरियालाई हराउँदै अर्जे्न्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जे्न्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २(१ ले हरायो । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जे्न्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो । ५१ औं मिनेटमा पाएको पेनाल्टीलाई नाईजेरियाका भिक्टर मोसेसले गोलमा बदलेपछि खेल १(१ गोलको बराबरीमा पुग्यो । निर्धा्रित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जे्न्टिनाका डिफेन्डर मार्कस रोहोले गोल गर्दै टोलीको जित पक्का गरे । समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जे्न्टिना समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । राउन्ड अफ सिक्सटिनमा उसको भिडन्त समुह सी को विजेता फ्रान्ससँग हुनेछ । यो खेल आगामी शनिवार रुसको काजान शहरमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सरुु हुनेछ ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *