Home / News / नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई आईसीसीले मान्यता दिने

नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई आईसीसीले मान्यता दिने

चितवन १३ असार–नेपाल, नेदरल्याण्ड्स र मेरिलिवोन क्लबबीच इंल्याण्डको लर्डसमा हुने ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजलाई अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ । आउँदो जुलाई २९ गतेदेखि हुने खेललाई मान्यता दिइएको आईसीसीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । नेपाल र नेदरल्याण्ड्सले एकदिवसीय मान्यता पाइसकेकाले पनि यो सिरिजलाई अन्तर्रा्ष्ट्रिय ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरिजको मान्यता दिइएको आईसीसीले जनाएको छ । यो मान्यतापछि नेपालले सन् २०१५ पछि पहिलोपटक आईसीसीको मान्यताप्राप्त ट्वेन्टी ट्वेन्टी खेल खेल्न पाउने भएको छ ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *