Home / News / Local / चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त अभियान थालिएको हो । आगामी साउन, भदौबाट डेंगु रोगको प्रकोप बढ्नसक्ने भएकाले सचेतनामूलक कार्यक्रमसहित डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा र प्यूपा नष्ट गर्ने अभियान शुरु गरिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चितवनको भरतपुर महानगरपालिका तथा रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकामा उक्त अभियान चलाइने छ । राप्ती र रत्ननगरमा अभियान शुरु भएको र कालिका नगरपालिकामा आजदेखि तथा भरतपुरमा भोलीदेखि र खैरहनीमा आगामी बिहीबारदेखि अभियान शुरु हुँदैछ । माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसपटक कार्यक्रम सञ्चालन भएको छैन । डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा तथा प्यूपा नष्ट गर्ने अभियानअन्तर्गत सबै क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीेसहित झण्डै १५० जना खटिने छन् । पानी पर्ने समय र गर्मी मौसमसमेत भएकाले डेंगु रोग यही समयमा बढी फैलने खतरा हुन्छ । त्यसैले रोेग आउनुभन्दा पहिले नै नियन्त्रणका लागि उक्त अभियान थालिएको केसीले जानकारी दिनुभयो ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *