Home / News / Local / विश्व वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगिता

विश्व वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगिता

चितवन, जेठ २२- भरतपुर ११ चितवनमा रहेको नारायणी पब्लिक स्कुलको इको क्लबले विश्व वातावरण दिवसको अवसरमा अन्तर बिद्यालय चित्रकला प्रतिगिताको आयोजना गरेको छ ।

शिक्षक नायक सन्तोष रिमालको संयोजनमा आयोजित सो कार्यक्रममा १२ बिद्यालयका २४ जना विद्यार्थीहरुले भाग लिएका थिए । नेपाल मैत्री समाजका अध्यक्ष बीरेन्द्र पौडेल र सोही समाजकै कार्यक्रम संयोजक यमनाथ अर्याल निर्णायक रहनु सो प्रतियोगितामा बालकुमारी इङ्लिस स्कुलका प्रियान्सु गुप्ता प्रथम, अर्किड स्कुलका आकास सुनार द्वितीय र अरोमा इङ्लिस स्कुलकि मन्जिला अधिकारी तृतीय भएका थिए ।

कार्यक्रममा नारायणी पब्लिक स्कुलका प्राचार्य वेदराज न्यौपाने, +२ बिज्ञान संयोजक जनकराज घिमिरे, निर्णायक बीरेन्द्र पौडेलले मन्तव्य ब्यक्त गर्नु भएको थियो । शिक्षक नवीन बगालेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा बिजेता बिद्यार्थीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

 

 

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *