Home / News / Local / दासढुंगामा मदन भण्डारीको स्मृतिमा जेठ ३ गते कार्यक्रम गरिने

दासढुंगामा मदन भण्डारीको स्मृतिमा जेठ ३ गते कार्यक्रम गरिने

चितवन, जेठ २- नेकपा एमाले चितवनले जेठ ३ गते (भोलि) दासढुंगामा मदन भण्डारीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको स्थान दासढुंगामा कार्यक्रम गर्न लागिएको नेकपा एमाले चितवनका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बिहान ८ बजेका लागि कार्यक्रम तय गरिएको छ ।

२०५० साल जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप रहस्यमय ढंगबाट दासढुंगास्थित त्रिशुली नदीमा खसेको थियो । आश्रितको शव गाडीमै भेटिएको थियो भने भण्डारीको घटनास्थलदेखि अलि तल गाँजीपुरस्थित नारायणी नदी किनारमा तीन दिनपछि शव भेटिएको थियो ।

पोखराबाट चितवन आउने क्रममा सो दुर्घटना भएको हो । उनी सवार जीपमा एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित र चालक अमर लामा थिए ।चालक अमर लामाको २०५९ सालमा अज्ञात समुहले राजधानीमा हत्या गरिसकेको छ ।

ताप्लेजुङको हाङदेवामा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते भण्डारीको जन्म भएको हो
उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) राजनीतिमा अघि बढ्दै आईरहेको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *