Home / News / Local / चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका देशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रबन्ध गर्दै आइरहेको एविसी एजुकेशन एण्ड माइग्रेसनको आयोजनामा सेमीनार हुने भएको हो ।

भरतपुरको होटल गार्डेन रिसोर्टमा विहान ११ बजेदेखी दिउसो ३ बजेसम्म सेमिनार हुने छ । अष्ट्रेलियन एजुकेशन सम्बन्धि सम्पूर्ण जानकारी दिने उदेश्यले सेमीनार आयोजना गर्न लागिएको एविसी एजुकेशन एण्ड माइग्रेसनका सेल्स एण्ड मार्केटिङ प्रमुख किरण भट्टराइले जानकारी दिए ।

एकदिने सेमीनारमा आयोजकका साथै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि पनि सहभागी हुनेछन् । जसमार्फत सहभागी विद्यार्थी तथा अभिभावकले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रुपमै लिन सक्नेछन् । मुख्यत आगामि इन्टेकका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीले सेमिनारमार्फत आफु पढ्न चाहेको विषय र सो सम्बन्धि अन्य जानकारी प्रतक्ष्य रुपमा लिन सक्नेछन् ।

विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक अवस्थाअनुसार लक्षित कोर्स पढ्नका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिलाउनु सेमीनारको उदेश्य हो, भट्टराले भने । कुनैपनि विद्यार्थीलाई पछि गएर कुनै अन्यौल नहोस भन्ने हाम्रो चाहना हो ।सेमीनारमा निशुल्क प्रवेशको व्यवस्था छ । विगत लामो समयदेखि सेवा प्रदान गरिरहेको एविसी मार्फत हालसम्म हजारौं विद्यार्थी विभिन्न देशमा अध्ययनका लागि पुगिसकेका छन् ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *