Home / News / Local / चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु

चितवनमा नौ महिनामा एक सय ९५ सवारी दुर्घटना, ९७ जनाको मृत्यु

चितवन, वैशाख १– चितवनमा पछिल्लो नौ महिनामा एक सय ९५ वटा सवारी दुर्घटनाहरु भएका छन् । ती दुर्घटनामा परि ९७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तसम्ममा गतवर्ष भन्दा यसवर्ष केही सवारी दुर्घटना संख्या घटेपनि मानिसको मृत्युदर भने बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले गतर्ष भन्दा यसवर्ष सवारी दुर्घटनामा केही वृद्धि भएपनि मानिसको मृत्युदर भने घटेको बताउनुभयो । “सवारी दुर्घटना न्यूनीकरणको प्रयासहरु धेरै गर्‍यौं, तर दुर्घटना केही बढेपनि मानिसको मृत्युदर भने केही घटेको छ”–ट्राफिक प्रमुख पन्तले भन्नुभयो । उहाँले नयाँ वर्ष २०७५ संगै सचेत भएर सवारी साधन चलाउन सबैमा आग्रह गर्नुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्यांक अनुसार २०७४ वैशाख १ देखि चैत मसान्तसम्ममा विभिन्न ठाउँमा गरी एक सय ९५ वटा सवारी दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाए । ती दुर्घटनामा परी तीन सय ७१ जना घाईते भएका छन् । गत वर्ष २०७३ वैशाखदेखी चैतमसान्तसम्ममा एक सय ८२ वटा सवारी दुर्घटना भएका थिए । त्यस दुर्घटनामा परी एक सय २९ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ । यस्तै ट्राफिक प्रहरीले २०७४ चैत मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार एक सय सवारी साधन कारवाहीमा परे । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै ५ सय ९१ जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष मात्रै ट्राफिक प्रहरीले दुई करोड २४ लाख ५१ हजार रुपैयाँ राजश्व उठाएको छ । गतवर्ष २०७३ चैतसम्ममा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने ३२ हजार दुई सय ५० सवारी र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने मात्रै एक हजार एक सय ८६ जनालाई कारवाही गर्दै दुई करोड ४५ लाख ६८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सचेतनात्मक कार्यक्रमहरुलाई पनि निरन्तर अघि बढाई रहेको छ । चैत महिनामा मात्रै ट्राफिक प्रहरीले विभिन्न व्यक्ति, संघसंस्थाहरुको समन्वयमा ३१ वटा भन्दा बढि कार्यक्रमहरु गरेको छ । यी कार्यक्रमहरुलाई आगामि दिनमा पनि निरन्तरता दिईने ट्राफिक प्रमुख पन्तले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *