Home / News / Local / त्रिशुलीमा ट्रक खस्यो, दुई जना घाइते

त्रिशुलीमा ट्रक खस्यो, दुई जना घाइते

चितवन,बैशाख १- वीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना ५ ख ८९७९ नम्बरको ट्रक आज बिहान त्रिशुली नदीमा खस्दा दुई जना घाईते भएका छन् । ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ को चार किलो भन्ने स्थानमा ट्रक सडकबाट ५०० मिटर तल नदीमा झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेमा ट्रकका चालक र सहचालक रहेका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेको नाम, थर खुल्न सकेको छैन । बिहान करीब ४ बजेको समयमा सडकबाट ट्रक खसेको प्रहरीले देखे पछि उनीहरुको उद्धार गरि उपचारका लागि भरतपुर ल्याईएको हो । ट्रकलाई नदीबाट बाहिर निकाल्ने प्रयास भईरहेको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *