Home / News / Local / चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक रानीगाउँ–५ घर भइ हाल बिर्तामोड–५ बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी श्रीमति ३० वर्षीय ममता नेपाल छन् । उनीहरुले विभिन्न बहानामा विभिन्न व्यक्तिहरुबाट नगद तथा सुनचाँदीका गरगहना ठगी गरेर भागेको प्रहरीको भनाइ छ ।जिल्ला प्रशासन कार्यालय, चितवनमार्फत गएको पत्र अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, झापामार्फत चितवनमा उपस्थित गराइएको बिर्तामोडका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले बताए ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *