Home / Entertainment / “डमरूको डण्डिबियो” चितवनमा” (भीडीयो शहित)

“डमरूको डण्डिबियो” चितवनमा” (भीडीयो शहित)

चितवन चैत्र २९- सरकारले गत बर्ष मात्रै डण्डीबियोलाई राष्ट्रिय खेलबाट हटाएर भलिबललाई राष्ट्रिय खेल बनाएको थियो । सरकारको उक्त निर्णयको कतै स्वागत भयो त कतै असन्तुष्टीको आवाज पनि उठ्यो । त्यसको ठिक १ बर्ष पछी डण्डीबियोकै कथा बस्तुमा आधारीत चलचित्र डमरूको डण्डिबियो निर्माण भएको छ । जसले राज्यबाटै एककिसीमले अपहेलित जस्तै बनेको डण्डीवियो खेलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरीएको छ ।
चलचित्र आँउदो बर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर एक साथ प्रदर्शन हुँदैछ । प्रदर्शन मिती नजिकिदै गर्दा यतीबेला चलचित्र युनिट प्रचार प्रसारमा ब्यस्त रहेको छ । यसै क्रममा मोफसलको प्रचार प्रसारमा निस्किएको चलचित्र युनिट आज चितवन आईपुगेको छ । चलचित्रका निर्माता बिनोद गुरुङ, लेखक तथा नायक खगेन्द्र लामिछाने, कलाकार बुद्दी तामाङ, लक्ष्मी बर्देवा लगाएतको कलाकार सहित चितवन आईपुगेको चलचित्र युनिटले बिहीवार पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा नायक खगेन्द्र लामिछानेले चलचित्र एउटा फेमली स्पोर्टस ड्रामा जनरामा निर्माण भएको बताउनुभयो । डण्डिबियो नेपालको पुरानो खेल भए पनि अहिले यो खेल लोप हुँदै गएकाले यसलाई पुनर्जा्गित गराउन चलचित्र निर्माण गरिएको पत्रकार सम्मेलन मार्फत लामिछानेले जानकारी गराउनुभयो । सानोमा डन्डिबियो खुब खेलिन्थ्यो बाल्यकाल सम्झदै लामिछानेले भन्नुभयो तर उबेला नियम थाहा थिएन अहिले नियम बुझेर खेल्दा झनै रमाइलो हुँदो रहेछ । चलचित्रमा आफ्नो भूमिका डमरू नामक एक युवकको भएको लामिछानेले बताउनुभयो जो डण्डिबियो खेललाई पुनर्जा्गित गराउन संघर्ष गर्छ ।
यस्तै चलचित्रका अर्का कलाकार बुद्दी तामाङले चलचित्र हेरुन्जेल दर्शकले मनोरन्जन लिने बताउनुभयो । चलचित्र राम्रो बनेको छ, हेरुन्जेल दिक्क लाग्दैन, तामाङले भन्नुभयो । चलचित्रमा आफ्नो भूमिकाबारे भने तामाङले खास्सै खुलाउनुभएन । मलाई दर्शकले अहिलेसम्म कमेडी भूमिकामा देख्नुभएको छ, तर यो चलचित्रमा कस्तो भूमिका छ भनेर थाहा पाउन भने चलचित्र नै हेर्नुपर्ने भन्दै दर्शकलाई हलसम्म पुग्न निम्ता पनि गर्नुभयो ।
निर्माता बिनोद गुरुङले चलचित्रको ७५ प्रतिशत सुटिङ लम्जुङको घले गाँउ तथा २५ प्रतिशत सुटिङ काठमाण्डौंमा गरिएको बताउनुभयो । सुरुमा ७०, ८० लाख लगानी अनुमान गरेर निर्माण सुरु गरिए पनि बनाउदै जाँदा लागानी करोड भन्दा माथि पुगेको जानाकारी दिनुभयो । चलचित्रमा कुनै पनि किसिमको कम्प्रमाईज नगरिएकाले लगानी बढेको निर्माता गुरुङले बताउनुभयो । चलचित्रका निर्देशक छेतन गुरुङ पोस्ट प्रोडक्सनमा ब्यस्त रहेको र नायिका मेनुका प्रधानको खुट्टामा चोट लागेका कारण प्रचार प्रसारमा उपस्थित हुन नसकेको निर्माता गुरुङले जानाकारी दिनुभयो । बैशाख २१ गते नेपाल सहित अस्ट्रेलियामा पनि एक साथ प्रदर्शन हुने समेत निर्माता गुरुङले बताउनुभयो । चलचित्रकी कलाकार लक्ष्मी बर्देवाले चलचित्रमा आफ्नो भूमिका एउटा सामान्य गाँउको युवतीको रुपमा रहेको बताउनुभयो ।
यसैबिच पत्रकार सम्मेलन मार्फत पत्रकारहरुलाई चलचित्रको ट्रेलर समेत देखाइएको थियो । बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा छेतन गुरुङको निर्देशन रहेको छ भने बिनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानी रहेको छ । चलचित्रको ट्रेलर तथा तिते पाती बोलको गीत युट्युबमा यसअघिनै सार्वजनिक भईसकेको छ ।

 

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *