Home / News / Local / नीजि विद्यालयलाई नियन्त्रण गर्दै सामुदायीक विद्यालयमा आकर्षण बढाउँछौंः प्रचण्ड

नीजि विद्यालयलाई नियन्त्रण गर्दै सामुदायीक विद्यालयमा आकर्षण बढाउँछौंः प्रचण्ड

चितवन, चैत २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा बोल्दै प्रचण्डले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल आवश्यक छ, त्यो हामी टुङ्ग्याउँछौँ ।” मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको दावी गर्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट पारे । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उनले वताए । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।

यस्तै आजै भरतपुर १४ स्थित आधरभुत विद्यालय सुन्दरवस्तिको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताए । उनले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बनेको भन्दै त्यसप्रकारको नीति सुधार गरिने दावी गरे । “प्रचण्डले भने – अबको शिक्षा नीतिमा ७० प्रतिशत प्राबिधिक मुलक र ३० प्रतिशत साधारण शिक्षा हुन्छ ।” नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको शैक्षिक अवस्था कमजोर रहेको बताउदै प्रचण्डले सरकारी विद्यालयमा आबद्ध शिक्षक शिक्षिकाले नीजि विद्यालयमा पढाउने परिपाटीको अन्त्य छिटै हुने बताए । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक विकासमा जोड दिँदै प्रचण्डले नीजि विद्यालयहरुलाई विस्तारै नियन्त्रण गर्दै सामुदायीक विद्यालय तिर आकर्षण बढाइने उद्घोष गरे । “जब शिक्षा र स्वास्थ्यमा जनपक्षिय नीति हुँदैन तबसम्म विकास अधुरो हुन्छ,प्रचण्डले भने,बलियो बामपन्थीको सरकारले बैज्ञानिक शिक्षा दिने वातावरण बनाउँछ ।”

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *