Home / News / Local / चितवन प्रहरीको उच्च निगरानीमा विप्लव समूह

चितवन प्रहरीको उच्च निगरानीमा विप्लव समूह

चितवन चैत २८- जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव समूहलाई उच्च निगरानीमा राखेको छ । विप्लव समूहका नाममा जिल्लामा विभिन्न अपराधिक कृयाकलापहरु बढ्न थालेपछि उच्च निगरानिमा राखिएको हो । मंगलबार मात्रै चितवनमा दुइवटा घटना घटे । भरतपुर महानगर वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डारीको शरिरमा मोविल खन्याएर ढुंगाले हानियो भने मंगलवार नै कालिका कन्सट्रक्सनको केन्द्रिय कार्यालय भरतपुर–२ क्षेत्रपुरमा वम फिस्फोट गराइयो । यि दुबै घटनामा विप्लव समूहको हात रहेको प्रहरीको दाबी छ । घटना लगत्तै चितवन प्रहरीले विप्लव समूहको जनपरिचालन समिति सदस्य दिवस भुसाल सहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका मध्य एक जना बम फिस्फोट र ४ जना वडाध्यक्ष भण्डारीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक थापाले बताए । उनले अपराधिक कृयाकलापमा संलग्न कसैलाई पनि नछाड्ने चेतावनी दिए । “विभिन्न समूहका नाममा अपराधिक कृयाकलाप र गुण्डागर्दी गर्ने प्रयास गरिएको छ,थापाले भने,अपराधिक मानसिकता राख्ने कसैलाई पनि छाडिदैन् ।” जिल्लामा नेपाल प्रहरी ,शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलिलाई बिशेष सकृय बनाएर काम गरिरहेको उनले जानकारी दिए । जिल्लामा अपराध अनुसन्धान व्यूरो र प्रहरी बिशेष व्यूरोले पनि अपराधिक गतिविधी अन्त्य गर्न सुस्म रुपमा काम गरिरहेको थापाले वताए ।

(आज ) बुधवार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा पनि जिल्लाको सुरक्षा व्यवस्थाका बारेमा गम्भिर छलफल भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । उनले अराजक गतिबिधी गर्ने र असान्त फैलाउनेको पहिचान गरि कारवाहीको दायरामा ल्याउने वताए । जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउन सबै तहलाई निर्देशन दिइएको भट्टले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *