Home / News / Local / भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुपर्छ : प्रचण्ड

भरतपुर अस्पताललाई प्रादेशिक अस्पताल बनाउनुपर्छ : प्रचण्ड

चितवन,चैत २५ – पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर अस्पताललाई प्रादेशीक अस्पताल बनाउन पहल गरिने बताउनु भएको छ । आज (आइतवार) भरतपुर अस्पतालको ५५आंै वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दाहालले पहिचान बिहिन रहेको भरतपुर अस्पतालले जिल्ला अस्पताल भन्दा धेरै माथीको सेवासुविधा दिइरहेकोले प्रादेशिक अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । प्रादेशीक अस्पताल बन्न संक्षम रहेको भरतपुर अस्पताल लाई प्रादेशीक स्तरको अस्पताल बनाउन आफ्नो तर्फ बाट सक्दो प्रयास गर्ने उहाँले बताउनु भयो ।

वार्षिकोत्सबको अवसरमा पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्पतालमा रहेको नयाँ सिटि स्क्यान , बहिरंग भवन , डायालोसिस र अक्सिजन प्लान्टको औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । उहाँले भरतपुर अस्पतालको जग्गा विभिन्न संघसंस्थालाई भाडामा र निशुल्क रुपमा दिने पुरानो निर्णय र सम्झौता पुर्नविचार हुनुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालको कुल ३१ बिगाह जग्गा भएता पनि विभिन्न संघसंस्था , सरकारी र निजी क्षेत्रलाई निशुल्क र केहीलाई अत्यन्तै न्युन शुल्कमा भाडामा दिइएकाले अहिले अस्पताल ११ बिगाह जग्गामा सिमित रहेको छ । वि सं २०१३ मा स्थापना भएको भरतपुर अस्पतालमा वार्षीक रुपमा करिव २ लाख भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *