Home / News / Local / चितवनमा रुखबाट लडेर एकको मृत्यु

चितवनमा रुखबाट लडेर एकको मृत्यु

चितवन, चैत २५- पूर्वी चितवनको कालिका नगरपालिकामा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कालिका नगरपालिका–८ का ४० वर्षीय सूर्यबहादुर चेपाङको रुखबाट दाउरा झार्ने क्रममा लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका चेपाङको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *