Home / News / Local / वैदिक सनातन धर्मका अनुयायीहरुले आन्दोलन गर्ने

वैदिक सनातन धर्मका अनुयायीहरुले आन्दोलन गर्ने

चितवन,चैत २४- सरकारले नेपालकै पहिचान वैदिक सनातन सस्कृति माथी गर्ने व्यवहार फरक हुदै गएको भन्दै बैदिक धर्म परिसद चितवनले आन्दोलनको चेतावनी दिएको छ । पछिल्लो समय इयु , मंगोल नेशनल अर्गनाइजेसन लगाएतले हिन्दु धर्म माथी धावा बोलेपछि परिसद्ले कडा कदम चाल्ने भएको हो । परिसदले शनिवार भरतपुरमा पत्रकार सम्बेलन गर्दै राष्ट्रियता , धार्मिक सहिष्णुतामा हस्तक्षेप गर्ने इयु तथा एनजिओ , आइएनजियो बिरुद्द सरकार कडा रुपमा प्रस्तुत हुनपर्ने बताएका छन् ।पत्रकार सम्मेलनमा निम्वारर्क दर्शन गैडाकोटका पिठधिस हरिशरण उपाध्यायले नेपालको सनातन सस्कृतिमाथी सरकारका पछिल्ला निर्णय दुर्भाग्यपुर्ण रहेको टिप्पणी गरे । उनले इयु लगाएतले नेपालीलाइ नभड्काउन चेतावनी समेत दिए । सोहि अबसरमा बैदिक धर्म परिसद का केन्द्धिय महासचिव रोमणी पाठकले वदीक सनातन धर्म सस्कृति को अपमान सविधानमा नै भएको भन्दै संविधानको शंशोधन गर्नै पर्ने बताउनु भयो । बैदिक धर्म परिसद को चितवन कि अध्यक्ष सावित्री कंडेलले उच्च ओदाहमा बसेका व्यक्तिले हिन्दु जनतालाई ’बलीको बोको’ बनाएको आक्रोश ब्यक्त गरिन । अझै पनि राज्यले नेपाललाई हिन्दु रास्ट्र घोषणा र सनातन धर्मप्रतिको ब्यबहारमा परिवर्तन नगरे ७७ वटै जिल्ला बाट आन्दोलन चर्काउने कंडेलले चेतावनी दिइन ।, कानुनी रुपमा गौमाता (गाइ) काट्न र खान पाउने आशयको अभिव्यक्ति दिएकि प्रदेश न ३ कि उपसभामुख राधिका तामाङ लाइ सार्वजनिक दण्डित नगरे सम्म आफुहरु चुप नबस्ने बैदिक युवा परिसद नेपालका अध्यक्ष प्रताप कंडेलले चेतावनी दिए । वैदिक धर्म युवा परिष्दका संगठन विभाग प्रमुख प्रेमनिधी भारद्धभाजले सरकारको यस्ता कदमका विरुद्ध देशभरका युवाहरु शसक्त भएर लाग्ने बताए। सरकारले हिन्दुहरुका चार्डहरु सरकारी बिदाको सुचीबाट हटाइएको प्रति परिसदले कडा आपत्ति जनाएको छ । सरकारले रामनवमी ,कृष्णन्अष्टमी, जैनपुर्णिामा ,घटस्थापना जस्ता पर्वहरुको विदा कटौती गरेको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *