Home / Entertainment / चितवनमा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवनमा आज देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

चितवन चैत २३- चितवनमा आज (शुक्रबार) देखि १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। निर्वाचन क्षेत्र १ अन्तर्गत खैरहनी माविमा प्रतियोगिताको उद्घाटन गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता क्षेत्र नम्बर २ मा चैत २७, २८ र २९ गते तथा क्षेत्र नम्बर ३ मा वैशाख २, ३ र ४ गते खेल हुनेछन् । क्षेत्र नम्बर २ को खेल भरतपुरको गेष्टहाउस चौर र क्षेत्र नम्बर ३ को खेल शारदानगर स्कुलमा हुने जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । तीनवटै क्षेत्रबाट पहिलो, दोस्रो र तेस्रो हुने खेेलाडीबीच वैशाख ७, ८ र ९ गते खेल हुने अध्यक्ष लामाले बताए । चितवन जिल्लाले यसअघि भएको मध्यमाञ्चल स्तरीय खेलमा ८ र ९ औं संस्करणमा विजेताको शिल्ड उचालेको थियो । प्रतियोगिता सञ्चालन गर्न १३ लाख ५० हजार खर्च लाग्ने अनुमान छ । विभिन्न ६ विधामा खेलकुद प्रतियोगिता चल्नेछ । भलिवल, कबड्डी र एथेलेटिक्स प्रतियोगिता ३ वटै क्षेत्रमा चल्नेछ भने, तेक्वान्दो, कराते र उसुका प्रतियोगिताबाट जिल्लाबाट हुने आयोजकले जनाएको छ ।

About Editor Hamrofm

Check Also

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनमा नया कार्य समिती

आशा खरेल चितवन ०९ असोज– नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिती चितवनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *