Home / Entertainment / चितवनमा ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु,मुख्यमन्त्रीद्धारा उद्घाटन

चितवनमा ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु,मुख्यमन्त्रीद्धारा उद्घाटन

चितवन,चैत २३- चितवनमा आजदेखी ‘पांँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ सुरु भएको छ । प्रदर्शनीको प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । प्रदर्शनी उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेश नम्वर ३ लाई कृषी,पर्यटन र उद्योगको हबको रुपमा विकास गर्ने वताउनुभयो । उहाँले प्रशस्त सम्भावनाले भरिएको प्रदेश ३ लाई दु्रत रुपमा विकास गरेर संमृद्धी तर्फ लगिने वताउनुभयो ।

देशमा रोजगारी सृजनाका लागी उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै मुख्यमन्त्री पौडेलले लगानीमैत्री वतावरण निर्माण गर्नका लागी प्रदेश सरकार तयार रहेको वताउनुभयो । किसान र उद्योगीले उत्पादन गरेका बस्तुको बजारिकरणका लागी प्रर्दशन निकै महत्वपूर्ण हुने उहाँको भनाई छ । यस्तै कृषी सहकारी तथा भूमिव्यवस्था मन्त्री दावादोर्जे लामाले कृषी र पर्यटन संमृद्धीको आधार भएको वताउनुभयो । उहाँले ३ नम्वर प्रदेश सबै कुराले सम्पन्न भएको भन्दै विकास र संमृद्धीका लागी सवै एकजुट हुनुपर्ने बताउनुभयो । ५ दिन सम्म चल्ने औद्योगिक प्रर्दशनीमा २ सय बढी स्टल राखिएको छ । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहेका छन् ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *