Home / News / Local / रहेनन् चितवनका कम्युनिष्ट नेता भेटवाल

रहेनन् चितवनका कम्युनिष्ट नेता भेटवाल

चितवन, चैत २१– चितवनका पुराना कम्युनिष्ट नेता जागृतप्रसाद (जेपी) भेटवालको निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवालको आज विहान उपचारको क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचार गराईरहेका नेता भेटवाललाई अवस्था गम्भीर भएपछि केही दिन अघि बीर अस्पतालको आईसियूमा सारीएको थियो ।क्यान्सरको अन्तिम स्टेजमा रहेको भेटवालको शरिरका सबै अंगमा क्यान्सर रोग फैलिसकेको थियो । भेटवाललाई ०६२ सालदेखि क्यान्सर रोगले छोई सकेको थियो । ०६६ सालमा राम्रोसँग उपचार गरेपछि क्यान्सर भएको पुष्टि भयो। भेटवाललाई शुरुमा प्रोस्टेटको क्यान्सर देखिएको थियो । नेता भेटवाल डेढमहिना अघिबाट काठमाडौंमा नै उपचार गराइरहेका थिए। नेता भेटवाल पूर्वी चितवन निवासी हुन् ।

About Editor Hamrofm

Check Also

नौ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न।

श्रावण ६ चितवन श्री गणेशमन्दिर टोल बिकास संस्था भरतपुर ५ नारायणपुरको आयोजना तथा हाम्रो एफ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *