Home / News / Local / गृह जिल्लाबाट प्रचण्डले भनेः बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता

गृह जिल्लाबाट प्रचण्डले भनेः बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता

चितवन,चैत १९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नु पर्ने दोहो¥याउनुभएको छ । गृह जिल्ला चितवनमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउनु भयो । उहाँले पार्टी एकता चुनाब जस्तो नभएको भन्दै सिद्धान्त प्रतिशतका आधारमा नहुने बताउनुभयो । बराबरी सिद्धान्तको आधारमा मात्रै पार्टी एकता गर्नुपर्ने प्रचण्डको तर्क छ । प्रचण्डले आफ्नो भनाइले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने दावी गर्नुभयो । प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब नरहेको अध्यक्ष दाहालले वताउनुभयो । उहाँले कार्यदलले दिएको रिपोर्ट अनुसार नै बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो । दाहालले भोलि (मंगलवार) पार्टी एकता संयोजन समितिको बैठक बसेर कार्यदलको प्रतिबेदन औपचारीक ढङ्गले प्रस्तुत हुने बताउनु भयो । संयोजन समितिमा भोलिबाट नै त्यो प्रतिबेदनलाई अन्तिम रुप दिनका लागि छलफल सुरु हुने उहाँले बताउनु भयो । अर्को प्रसंगमा प्रण्चण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बिषयमा केहि छलफल भएको र संयोजन समितिमा थप छलफल हुने वताउनुभयो । नेकपाले वारेन्ट पूर्जि जारी गरेको सम्वन्धमा प्रचण्डले वाईयात फेन्टास्टिक र सिल्ली कुराको जवाफ दिन नचाहेको भन्दै प्रश्न नगर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *