Home / Entertainment / चित्रवन रंगशाला निर्माण अलपत्र, धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी

चित्रवन रंगशाला निर्माण अलपत्र, धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी

चितवन,चैत १८- पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ । अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रस्ताव गर्ने तयारी छ । रंगशाला बनाउन १० विगाहा अधिग्रहण गरिएको छ । त्यहाँ ३३० मिटर कम्पाउण्ड वाल लगाइएको छ भने प्याराफिटको केही काम भएको छ । तर, डीपीआर नबन्दा काम अघि बढेन । बजेट र डीपीआरका कारणले निर्माण अलपत्र परेको रंगशाला निर्माण समितिका सचिव टुकमान गुरुङले जानकारी दिए । उका अनुसार ४ विगाहामा फुटवलको र साँढे पाँच विगाहामा क्रिकेटको स्टेडियम बनाउने योजना छ । दशरथ रंगशालाभन्दा दोब्वर क्षमताको ३० हजार जना अट्ने प्याराफिट बनाउन सकिने सचिव गुरुङको भनाइ छ । दशरथ रंगशालामा १७ हजार अट्ने क्षमता छ । राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले डिपिआर यो आर्थिक बर्षभित्र बनाउने भनेपनि केही काम नभएको सचिव गुरुङको गुनासो छ । तत्कालीन प्रधानमन्त्री प्रचण्डले चितवन प्याकेज अन्तर्गत ५० लाख रकम यो रंगशाला निर्माणमा विनियोजन गरेपनि १९ लाख ३० हजार मात्रैं खर्च भयो । बाँकी रकम फि्रज भयो । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त १५ लाख र चितवन अन्र्तराष्ट्रिय युवा समुहबाट प्राप्त रकमबाट मैदान सम्याउने काम गरिएको छ ।

धुर्मुसलाई अफर गर्ने महानगरको तयारी

पछिल्लो समय एकीकृत वस्तीहरु बनाएका कलाकार सिताराम कट्टेल -धुर्मस) अहिले क्रिकेट रंगशाला निर्माणमा जुटेका छन् । उनी जग्गाको खोजीमा जुटेका छन् । भरतपुर महानगरपालिकाले उनी धुर्मुसलाई चित्रवन रंगशाला बनाउन प्रस्तावगर्ने तयारी गरेको छ । महानगरले धुर्मसलाई चितवनमा रंगशाला निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सकिने बताएको हो । मेयर रेणु दाहालले यसबारे महानगरले सकारात्मक कदम चाल्ने बताइन् । भरतपुर महानगरले चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरेको छ । सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

चितवनमा ठगेर झापा पुगेका दुई जना प्रहरी नियन्त्रणमा

चितवन,चैत ३०- इलाका प्रहरी कार्यालय, बिर्तामोडले ठगी मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *