Home / Business / चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीव्र, ७५ प्रतिशत तयारी सकियो

चितवनमा पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी तीव्र, ७५ प्रतिशत तयारी सकियो

चितवन,चैत १८- चितवनमा चैत २३ गतेदेखि २७ गतेसम्म पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी तीव्र पारिएको संघले जनाएको छ । अहिलेसम्म ७५ प्रतिशत तयारी सकिएको छ । संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको सिजी पार्कबाट खैरहनी नगरपालिकासम्म शोभायात्रा निकाल्ने तयारी गरिएको छ । शोभायात्राका यो क्षेत्रमा उद्योगी व्यवसायीहरु आआफ्ना सवारी साधानहरुमा पर्चा ब्यानर र प्लेकार्डसहित उपस्थित हुने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । प्रदर्शनको प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलेले उदघाटन गर्नेछन् । ‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्द्धन’ भन्ने नाराका साथ हुन लागेको प्रदर्शनीमा २५० भन्दा बढी स्टल राखिने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने, नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने उद्देश्य प्रदर्शनीको रहेको अध्यक्ष दुवाडीले बताए । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवर्द्धन परिसर, व्यापार प्रवर्द्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवर्द्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहनेछन् ।

प्रदर्शनको टिकट दर ५० रुपैयाँ राखिएको छ । विद्यार्थीका लागि ३० रुपैयाँ मात्रै लिइनेछ । प्रदर्शनीमा महिला उद्यमीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । १० वटा स्टल लिएर परिसर निर्माण गर्नेहरुलाई २५ प्रतिशत छुट दिने योजना संघले बनाएको छ । चितवनलाई मेडिकल सिटी बनाउने बारेमा सेमिनारसमेत आयोजना हुनेछ । यस्तै चैत २५ र २६ गते मकवानपुर, चितवन र नवलपुर क्षेत्रका उद्योगीहरुबीच यो क्षेत्रलाई आर्थिक र औद्योगिक राजधानीका रुपमा कसरी विकास गर्ने भन्नेबारे अन्तरकृया गर्ने र विचारहरु लिने कार्यक्रम राखिएको छ । चितवन उद्योग संघले देशमा नै पहिलोपटक निर्माण गर्न लागेको औद्योगिक शिक्षालयका बारेमा समेत छलफल गरिने संघका अध्यक्ष दुवाडीले जानकारी दिए । औद्योगिक परामर्श परिसरबाट नयाँ उद्योगी बन्न चहाने युवाहरुलाई कुन ठाउँमा कस्तो उद्योग खोल्नेदेखि दर्ता प्रकृया, राजश्व, भ्याट, लगानी जस्ता विषयमा जानकारी दिने संघका अध्यक्ष दुवाडीले बताए । यसबाट विशेषगरी नवयुवा उद्यमीहरूलाई लाभ हुने विश्वास गरिएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *