Home / health / चितवनका सबै स्वास्थ्य संस्था अब स्थानीय तहमा

चितवनका सबै स्वास्थ्य संस्था अब स्थानीय तहमा

चितवन ,चैत १८ – चितवनमा रहेका सवै स्वास्थ्य संस्थाहरु अब स्थानीय तहको मातहतमा आएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा रहेका सवै स्वास्थ्य चौकी एवम् केन्द्रहरु हस्तान्तरण भैसकेको छ । राप्ती नगरपालिका भित्र रहेका स्वास्थ्य चौंकी र केन्द्रहरुलाई हस्तान्तरण गरेपछि जिल्लाका सबैं स्थानीय तहमा हस्तान्तरणको प्रकृया सकिएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए । राप्ती नगरपालिकामा रहेका ७ वटा स्वास्थ्य केन्द्रलाई मेयर प्रभा बराल मार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको प्रमुख झाले जानकारी दिए । जसमा ६ वटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वासथ्य इकाइ केन्द्र छन् । कार्यालयले भरतपुर महानगरपालिकामा रहेका २३ स्वास्थ्य सम्वन्धी संस्थाहरु महानगरलाई हस्तान्तरण गरिसकेको छ । जसमा १३ वटा हेल्थपोष्ठ, ८ वटा नगर स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र र एक प्राथमिक उपचार केन्द्र छन् ।रत्ननगर नगरपालिका क्षेत्रका ६ वटा स्वास्थ्य संस्था हस्तान्तरण भैसकेको छ । बछौली स्वास्थ्य चौकी, पिठुवा स्वास्थ्य चौकी, पञ्चकन्या स्वास्थ्य चौकी, टरौली शहरी स्वास्थ्य केन्द्र, नरकटिया शहरी स्वास्थ्य केन्द्र र जिरौना शहरी स्वास्थ्य केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणसंगै स्वास्थ्य संस्थाको नगद, भौतिक संरचना, जिन्सी सामान र कर्मचारी नगरपालिकाको मतहतमा आएका छन् । यसैगरी कार्यालयले कालिका नगरपालिका क्षेत्रमा रहेका ४ वटा स्वास्थ्य संस्था नगरपालिकालाई हस्तान्तरण गरेको छ । पदमपुर, शक्तिखोर, सिद्धि गरी ३ वटा स्वास्थ्य चौंकी र जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका सबै भौतिक संरचना तथा कर्मचारीहरुको विवरण उल्लेख गरिएको फाईल जनस्वास्थ्य प्रमुख झाले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई हस्तान्तरण गरे । माडी नगरपालिकाका र खैरहनी नगरपालिका ४र४ वटा स्वास्थ्य संस्था मध्ये तीनवटा स्वास्थ्य चौंकी र १ सामुदायिक स्वास्थ्य इकाई केन्द्र नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना अन्तर्गत पर्ने ५ वटा स्वास्थ्य चौंकी गाउँपालिकालाई हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झाले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *