Home / health / चितवनमा आर्थिक गणनाका लागि गणक तयार

चितवनमा आर्थिक गणनाका लागि गणक तयार

चितवन, चैत १८ – यही वैशाख १ गतेबाट नेपालमा पहिलो पटक हुन लागेको आर्थिक गणनाका लागि गणक छनोट प्रक्रिया सम्पन्न भएको छ । जिल्ला तथ्यांक कार्यालयका प्रमुख जीवनाथ आचार्यका अनुसार ८२ गणक छनोट भइसकेका र १२सुपरीवेक्षक अन्य कार्यालयबाट काजमा झिकाइँदै छ । गणक र सुपरीवेक्षकलाई यही चैत २१ गतेबाट तालीम दिने र तालीमपछि जेठ मसान्तसम्ममा आर्थिक क्रियाकलाप हुने ठूला औद्योगिक प्रतिष्ठानदेखि फुटपाथमा व्यापार गर्नेसम्मलाई गणनामा समावेश गरिँदै छ । मासिक आम्दानी, खर्च, रोजगारीको अवस्था, दर्ता लगायतका विषयमा गणकहरुले जानकारी लिनेछन् । यसबाट देशको कूल ग्रार्हस्थ उत्पादन, कुन क्षेत्रको कस्तो छ र कस्तो योगदान दिइरहेको छ, भन्ने विषयमा प्रस्ष्ट हुने उहाँले बताउनुभयो । कार्यालयले सबैलाई गणना कार्यमा सहयोग पु¥याउन आग्रह पनि गरेको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *