Home / News / Local / कैलाश कप फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

कैलाश कप फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

चितवन,चैत १७- कैलाश युथ क्लब भरतपुर ११ कैलाशटोलको आयोजनामा कैलाश कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न भएको छ । आज सम्पन्न पहिलो खेलमा यात्रा ग्रुप भरतपुर बिजयी भयो । यात्रा ग्रुपले हरी स्मृति क्लबलाई १ का बिरुद्ध ३ गोलले पराजित गरेको हो । यात्रा ग्रुपका लागि सुबाश घरती, खुम गुरुङ र बिबेक राइले समान १–१ गोल गरे भने हरी स्मृतिका लागि आईत सिंह तामाङले १ गोल गरे । खेलको म्यान अफ दि म्याच यात्रा ग्रुपका सुबास घरती घोषित भए । यस अघी यात्रा ग्रुप र हरी स्मृति बिचको खेल हिजो हुने भनिए पनि खराब मौसमको कारण आज खेलाईएको आयोजकले जानकारी दिएको छ । यस्तै आजै सम्पन्न दोस्रो खेलमा युनिक फुटबल क्लब बिजयी भएको छ । युनिकले हातेमालो क्लबलाई १–० ले पराजित गरेको छ । युनिकका लागि १ मात्र गोल हाक्कु श्रेष्ठले गरे । खेलको म्यान अफ दि म्याच युनिकका सनी श्रेष्ठ घोषित भए । आजै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा जुनियर प्रहरी अधिक्रित बिजयी भएको छ । टाई ब्रेकरमा चितवन भेट्रान्स जिनियरलाई ५–४ ले हराउदै जुनियर प्रहरीले बिजयी सुरुवात गरेको हो । निर्धा्रित समयमा दुबइ तर्फबाट कुनै गोल हुन नसकेपछी खेलको निर्णय टाई ब्रेकरबाट लिईएको हो । खेलको म्यान अफ दि म्याच जुनियर प्रहरी अधिक्रित का हरी शंकर तामाङ घोशित भए । प्रतियोगिता अन्तर्गत भोली २ खेल हुनेछ । भोली हुने पहिलो खेलमा एभरेष्ट फुटबल क्लब र शक्तिखोर फुटबल क्लब भिड्नेछन भने दोस्रो खेलमा रामपुर र नारायणी फुटबल क्लब भिड्ने आयोजकले जानकारी दिएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *