Home / News / Local / धार्मिक पर्यटकिय गन्त्वयका स्थलहरुको सरक्षण र सम्र्वद्धनमा नगरपालीकाको पहल रहने:उपप्रमुख विण्णु कण्डेल सापकोटा

धार्मिक पर्यटकिय गन्त्वयका स्थलहरुको सरक्षण र सम्र्वद्धनमा नगरपालीकाको पहल रहने:उपप्रमुख विण्णु कण्डेल सापकोटा

चितवन,चैत १७- धार्मिक पर्यटकिय गन्त्वयका स्थलहरुको सरक्षण र सम्र्वद्धनमा नगरपालीकाको पहल रहने गैडाकोट नगरपालीकाका उपप्रमुख विण्णु कण्डेल सापकोटाले बताउनु भयो। गैडाकोट १० पितौजी स्थित सिद्धीदात्री दुर्गामन्दिर कोटीहोम आश्रम धार्मिक वन समितीको २२ औ साधरसभाको उद्घाटन गदै उपप्रमुख सामकोटाले यस्तो बताउनु भएको हो, सो अवसर उहाँले मन्दिरका भौतिक संरचनाका लागि ४लाख ४०हजार रकम छुटाएको जानकारी दिदै मन्दिरलाई व्यवस्थित गर्न सुझाउनु भयो ,उहाँले भन्नु भयो ‘मन्दिरमा शौचालय, धारा, विश्राम स्थल को व्यवस्था गर्न सके मन्दिरबाट आयआर्जन गर्न पनि सकिन्छ , ’ उहाँले जेष्ठनागरिकका लागि सतसगं भवनको आवश्वकता रहेको भन्दै गूरुयोजना मार्फत अघि बढ्न समितीलाई आग्रह समेत गर्नुभयो, ।सोही वडाका अध्यक्ष देवीदत्त कण्डेलले पनि यस्ता ऐतिहासीक धार्मिक स्थलहरु संरक्षणमा वडाले सहयोग गर्ने बताउनु भयो।सो मन्दिरका अध्यक्ष कृण्ण प्रसाद कण्डेलको अध्यक्ष्ता मा सम्पन्न कार्यक्रममा वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरीनाथ आश्रमका अध्यक्ष शान्त प्रसाद पोखरेल,नेपालसरकारका पुर्व सहसचिव लक्ष्मीचरण घिमीरे,प्राकृतिक चिकित्सक डा.संग्राम पुरी,पुर्व अध्यक्ष मनहरी कण्डेल,सगंमटोल विकास अध्यक्ष मेघराज सुवेदी, किसान सहकारीका विष्णुसापकोटा लगायतकाले मन्दिरको संरक्षण र सम्बद्धनमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।सो अवसरमा मन्दिरका सचिव सिता पौडेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लीला पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।उक्त साधरणसभाले विधान सशाेंधन मार्फत कार्यसमिती र संरक्षक समिति थप गरिएको सचिव पौडेले जानकारी दिनु भयो। उहाँको अनुसार राष्ट गुरु योगीनरहरीनाथलाई प्रमुख संरक्षक र योगी गंगानाथलाई सस्थापक संरक्षकमा चयन गरिएको छ ,साथै महासचिव र महिला उपाध्यक्ष समेत राख्ने व्यपस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार सचिवमा योगार्चाय यदुनाथ पोखरेल र महासचिवमा सीता पौडेल चयन हुनुभएको छ।सानो देवी मन्दिर रहेको सो क्षेत्रमा२०४५ सालमा राष्ट गुरु योगीनरहरीनाथको संरक्षकत्वमा १ महिना लामो कोटी होम लगाइएको थियो। कोटीहोम लगाएपछि नै सो मन्दिरका भौतिक निमार्ण का साथै विभिन्न यज्ञहरु लगाइएको पुर्वअध्यक्ष चन्द्धदत्त सुवेदीले जानकारी दिनुभयो। पुर्वपश्चिम राजमार्गमा जोडिएको सो मन्दिर क्षेत्र पाल्पाका राजा मणीमुकुन्दसेनले समेत पुजाँ गर्ने स्थल भएको सो मन्दिरका पुजाँरी कृण्ण प्रसाद तिमेल्सनाले बताउनु भयो।उहाँका अनुसार सो क्षेत्रमा सगै रहेको डाडाँमा आज पनि सेनराजाका दरबारका इटाँ लगायतका अवशेष रहेकाछन् ।राजाले सोही मन्दिरकै बाटो हुदै पीतौजीघाटमा स्नान गरेर फर्कर त्यहाँक्रै देवीको आरधाना गर्नुहुनथ्यो। सात विद्या क्षेत्रफलमा रहको सो मन्दिरमा देवीमन्दिरका साथै शिव गणेश , लगायतका मन्दिरहरु रहेकाछन् ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *