Home / News / Local / एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः बालकुमारी कलेज फाईनलमा प्रवेश

एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटः बालकुमारी कलेज फाईनलमा प्रवेश

चितवन, चैत १५–बालकुमारी कलेज चितवनमा जारी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । तीन वटै खेल जित्दै समूह ‘ए’ को विजेताको रुपमा बालकुमारी कलेज फाईनलमा प्रवेश गरेको हो । आज (विहीबार) समूहको अन्तिम खेलमा नमुना साईन्स कलेज गैंडाकोटलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै बालकुमारी उपाधि नजिक पुगेको हो । टस जितेर पहिले व्याटिङ गरेको बालकुमारीले १९.२ ओभरमा अलाउट हुँदै १७६ रन बनायो । उसका लागि निसब तिमिल्सिनाले ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै सन्तोष न्यौपानेले २८ रनको योगदान दिए । नमुनाका विपिन थापाले ३ विकेट लिए । १७७ रनको लक्ष्य लिएर मैदान उत्रिएको नमुना साइन्स कलेज १३.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५२ रन जोड्यो । उसका लागि रन्जन लामिछानेले सर्वाधिक २० रन बनाए । बालकुमारीका नविन लुईटेलले २ ओभरमा एक मेडन राखेर मात्र ७ रन दिदै ५ विकेट लिए । यस्तै राष्ट्रिय खेलाडी सुशील कँडेलले ४ ओभरमा २ मेडन राखेर मात्र ५ रन दिएर ३ विकेट लिए । खेलमा बालकुमारीका बलर नविन लुईटेल म्यान अफ दि म्याच घोषित भए । फाईनल प्रवेश गरेको बालकुमारीले पहिलो खेलमा अक्सफोर्ड कलेजलाई र दोस्रो खेलमा प्रेसीडेन्सी कलेजलाई ९९ रनले हराएको थियो । बालकमारीका निसब तिमिल्सिनाले अक्सफोर्डविरुद्ध ४७, प्रेसीडेन्सीविरुद्ध ७२ र आज अन्तिम खेलमा नमुनाविरुद्ध ६७ रन बनाए । यस्तै समूह ‘ए’ को अन्तिम खेलमा अक्सफोर्ड कलेज गैंडाकोट ६ विकेटले विजयी भएको छ । समूह ‘ए’मा दुई खेल जितेपनि अक्सफोर्ड फाईनल प्रवेश गर्न भने सकेन् । अक्सफोर्ड पहिलो खेलमा बालकुमारी कलेजसंग पराजित भएको थियो । आज अन्तिम खेलमा प्रेसीडेन्सी कलेजले दिएको १२६ रनको लक्ष्य अक्सफोर्डले १२.४ ओभरमा ४ विकेट गुमाउँदै १२६ रन बनायो । उसका लागि राम कार्कीले ३३ र अविनास बस्याल २७ रन बनाए । प्रेसीडेन्सीका कुशल मगर र विमल चालिसेले समान २÷२ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको प्रेसीडेन्सीले १९.१ ओभरमा अलआउट हुँदै १२५ रन मात्रै बनायो । उसका लागि अनुप राउत ३१ र पवन तिमिल्सिनाले २१ रन जोडे । खेलमा अक्सफोर्डका रुपेश क्षेत्री म्यान अफ दि म्याच घोषित भए । अक्सफोर्डले दोस्रो खेलमा नमुना साइन्स कलेजलाई ६३ रनले पराजित गरेको थियो । नेपालय इन्टरनेशनलको आयोजनामा नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा भोली (शुक्रबार) समहू ‘बी’ को खेलहरु हुँदैछन् । पहिलो खेलमा वाल्मीकि शिक्षा सदन भरतपुर र सप्तगण्डकी बहुमुखी क्याम्पसबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मकवानपुर बहुमुखी क्याामपसले रामपुर क्याम्पस चितवनको सामाना गर्दैछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुको साथै प्रत्येक खेलाडीले ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चार वटा ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *