Home / News / Local / चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट सुरु, प्रेसीडेन्सी र बालकुमारीको विजयी सुरुवात

चितवनमा एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट सुरु, प्रेसीडेन्सी र बालकुमारीको विजयी सुरुवात

चितवन, चैत १३– चितवनमा आज (मंगलबार)देखी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट २०१८ सुरु भएको छ । नेपालय इन्टरनेशनलको आयोजना नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता सुरु भएको हो । आज पहिलो दिन दुई खेल भएका छन् । पहिलो खेलमा बालकुमारी कलेज नारायणगढ १७ रनले विजयी भएको छ । टस हारेर पहिले व्याटिङ गरेको बालकुमारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । उसका लागि निसब तिमिल्सिनाले ४७ र कप्तान दानिस इकबालले १८ रन बनाए । १४० रनको लक्ष्य पछ्याएको अक्सफोर्ड कलेज गैंडाकोट निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२२ रन मात्रै जोड्न सक्यो । अक्सफोर्डका लागि अविशेक बस्नेतले ३१ र राम कार्कीले २७ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् । खेलमा अर्धशतक नजिक पुगेका बालकुमारीका निसब तिमिल्सिना म्यान अफ दि म्याच घोषित भए । उनलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ट्रफी प्रदान गर्नुभयो । यस्तै आजको दोस्रो खेलमा प्रेसिडेन्सी कलेज भरतपुर ७ विकेटले विजयी भएको छ । नमुना साइन्स कलेज गैंडाकोटले दिएको १४७ रनको लक्ष्य प्रेसिडेन्सीले १० बल बाँकी छदै लक्ष्य भेट्टायो । उसका लागि पवन तिमिल्सिनाले ९२ रनको नटआउट पारी खेले । उनी म्यान अफ दि म्याच समेत घोषित भए । यसअघि टर हारेर पहिले व्याटिङ गरेको नमुना साइन्स कलेजले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । उसका लागि रन्जन लामिछानेले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने विज्ञान गौतमले २७ रन बनाए । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुको साथै प्रत्येक खेलाडीले ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चार वटा ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताउनुभयो ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *