Home / Business / तनहुँको बन्दिपुर ५ ढाबमा ८ करोडको लागतमा स्वीमिङ पुल सहितको रिसोर्ट संचालनमा

तनहुँको बन्दिपुर ५ ढाबमा ८ करोडको लागतमा स्वीमिङ पुल सहितको रिसोर्ट संचालनमा

तनहुँ, चैत १२– तनहुँको बन्दिपुर ५ ढाबमा ८ करोडको लागतमा स्वीमिङ पुल सहितको मस्र्याङदी रिभर भ्यू रिसोर्ट संचालनमा आएको छ । अत्याधुनिक सुबिधा सम्पन्न सो रिसोर्ट २५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
पृथ्वीराजमार्गको याम्पाफाँट र नयाँपुलको बीचमा राजमार्ग सँगै रहेको रिसोर्टमा ठूला ब्यक्ति तथा साना बाल बालबालिकाका लागि छुट्टा–छुट्टै स्वीमिङ पुल , रेस्टुरेन्ट एण्ड बार , २ सय जनाको क्षमता भएको सेमिनार हल, ए सी सहितको एटेच सिंगल तथा डबल वेड रुम , टेन्ट रुम , चिल्ड्रेन पार्क, फन पार्क रहेको छ । रिसोर्टमा पूर्ण पारिवारिक वातावरणमा रम्न सक्ने रिसोर्ट संचालक सीता भट्टराईले बताउनु भयो । रिसोर्टमा स्थानीय २२ जना र अन्य २ जनाले रोजगारी पाएका छन ।
केहि दिन अगाडिबाट संचालनमा आएको उक्त रिसोर्टको प्रदेश नं. ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान र बन्दिपुर गाउँ पालिकाका अध्यक्ष पूर्णसिंह थापाले आईतबार अवलोकन भ्रमण गर्नु भएको थियो । सो अवशरमा मन्त्री चुमानले स्वदेशमै लगानी गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनका लागि गर्नु भएको योगदानको प्रशंसा गर्नुभयो । सीताको श्रीमान् महेन्द्र मोहन भट्टराईले तनहुँकै आँबु १ बरादीमा अकला पेट्रोल पम्प संचालन गर्नु भएको छ ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *