Home / News / Local / तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्सी सेवा शुरु

तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्सी सेवा शुरु

तनहुँ, चैत १२– तनहुँ जिल्ला अदालतमा भिडियो कन्फरेन्सी (श्रव्य दृश्य) सेवा शुभारम्भ गरिएको छ । कायम मुकायम प्रधानन्यायाधिश दीपकराज जोशीले सोमबार यस सेवाको शुरुवात गर्नुभएको छ । प्रधानन्यायाधीश जोशीले भिडियो कन्फरेन्सी सेवा न्यायको अभियान भएको बताउनु भयो । उहाँले अदालतको अभिभारा पुरा गर्दै कानुनले तथ्यमा हराएको सत्य पत्ता लगाउन नयाँ प्रविधिको प्रयोगको सुरुवात गरिएको बताउनु भयो । प्राप्त पद्दति र प्रविधिको प्रयोगबाट अनुसन्धान गर्न अग्रसर भएको उनको भनाई छ । न्यायपालिकाले बयानमुखीबाट प्रत्यक्ष प्रमाणमुखी बनाउन जिल्ला अदालतले आधुनिक प्रविधिको प्रयोग मार्फत् प्रतिवादीको निष्पक्ष अनुसन्धान गर्न भिडियो कन्फरेन्सी सेवा शुभारम्भ गरिएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।
भिडियो कन्फरेन्सीको कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले शुभारम्भ गरेका छन् । कन्फरेन्सीको शुभारम्भ गर्दै
त्यस्तै सर्वोच्च अदालतका रजिष्टार मेहन्द्रनाथ उपाध्यायले न्याय प्रणालीलाई विश्वासिलो बनाउन प्रविधिको प्रयोगमा ल्याइएको बताउनु भयो । न्याय प्रणालीको नियमावली संशोधन गरी श्रव्य दृश्यको माध्यमबाट म्याद थप, बयान गर्ने, वक पत्र गर्ने त्यसपछि विशेषज्ञहरुको माध्यमबाट थप पुष्टि गर्न सहज बनाउने उपाध्ययको विश्वास छ ।
“समाजमा जवरजस्ती करणी जस्ता अत्यन्त जघन्य अपराधहरु छन्, कतिपय भयवह कठिनाईहरु देखिरहेका छौ,” उहाँले भन्नुभयो –“प्रतिवादीको सम्मुखमा जो पीडित हुन्छन्, ति पीडितले आफ्नो अभिव्यक्ति दिन नपाएर विरोधाभास रुपमा रहेका हुन्छन्, तिनको मैत्रीपूर्ण प्रविधिको अदालतबाट सत्यतथ्य पुरा हुनेछ ।”
उच्च अदालत पोखराका मुख्य न्यायधीश कुमार चुडालको अध्यक्षतामा सम्पन्न उक्त शुभारम्भ कार्यक्रममा तनहुँ जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बार एशोसिएसन तनहुँका अध्यक्ष शिवदत्त ढकाल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशी लगायतले भिडियो कन्फरेन्सी सेवाको प्रयोगबाट प्रतिवादीहरुलाई अदालतमा ल्याउने लैजाने समस्या र व्यवहारीक कठिनाईहरुमा कमी आउने कुरामा विश्वास व्यत्त गर्नु भयो ।
नेपालमा रुपन्देही जिल्लाबाट सुरुवात गरेको प्रविधिमैत्री भिडियो कन्फरेन्सी (श्रव्य दृश्य) सेवा तनहुँ दोस्रो जिल्ला हो । भिडियो कन्फरेन्सबाट म्याद थप लागु औषध मुद्दाका प्रतिवादी रामबहादुर विकको २ वर्षको म्याद थप गरिएको थियो । तनहुँ प्रदेश नम्बर ४ मै यस्तो सुविधा दिने एक मात्र जिल्ला भएको सर्वोच्च अदालतले जनाएको छ ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *