Home / Business / दशौं खैरेनीटार महोत्सव सुरु, विकास र समृद्धीको लागी नेपाली सेनाले समुदाय सँग साझेदारी गर्ने प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भनाई

दशौं खैरेनीटार महोत्सव सुरु, विकास र समृद्धीको लागी नेपाली सेनाले समुदाय सँग साझेदारी गर्ने प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भनाई

तनहुँ, चैत्र ८- दशौं खैरेनीटार महोत्सव विहिबारबाट सुरु भएको छ । महोत्सवको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गर्नु भयो । सो अवसरमा सेनापति क्षेत्रीले महोत्सव समग्र जिल्लाको विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यत्त गर्नु भयो । महोत्सवले यस क्षेत्रका खेलकुद, पर्यटन, कृषि र सास्कृतीक पक्षले सम्भावनायुक्त रहेकाले पनि महोत्सव सम्भावित पक्षको विकास गर्नका लागी सुनौलो अवसर सावित हुने प्रधानसेनापति क्षेत्रीको भनाई रहेको थियो । यस क्षेत्रको विकास र समृद्धीको लागी नेपाली सेनालाई समुदाय सँग साझेदारी गरेर अघि बढ्न निर्देशन दिने उद्घोष समेत सो अवसरमा प्रधानसेनापति क्षेत्री गर्नु भयो । साथै यस क्षेत्रका विकासको लागी विभिन्न विकास निर्माणको काम समेत गरेको जानकारी दिदै सेनाले यस क्षेत्रमा भित्राएको विकास निर्माणको कार्यलाई सकरात्मक रुपमा लिन आग्रह गर्नु भयो । कार्यक्रम महोत्सव मुल समारोह समितिका संयोजक पूर्णबहादुर कायस्थको सभापतित्वमा भएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति तनहुँका सभापति शान्तीरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्ग, नागरिक समाजका अध्यक्ष खेमराज खनाल लगायतका बक्ताहरुले यस क्षेत्रको स्थानिय उत्पादन र प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने गरी महोत्सवलाई केन्द्रित गर्नु पर्नेमा जोड दिनु दिनु भएको थियो । यस क्षेत्रमा रहेका विभिन्न जात जातिहरुको मौलिक कला सस्कृतीको प्रदर्शनी सँगै ¥याली सहित ठुलो सँख्यामा उपस्थिती रहेको थियो । यस क्षेत्रका तामाङ्ग, गुरुङ्ग, मगर, नेवार लगायतका विभिन्न जातजातीहरुको ¥यालीमा प्रदर्शन गरिएको सास्कृतिक विबिधताले महोत्सवमा विशेष रौनक देखीएको थियो । महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागी पद यात्रा, पर्यटकिय सम्भावना युक्त क्षेत्रको विकासको लागी आन्तरिक तथा बाह्य पर्यटहरुलाई अवलोकनको ब्यवस्था, खेलकुद तर्फ भलिबल, ब्याडमिन्टन लगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, कृषि प्रदर्शनी तथा विक्री, लगायतलाई महोत्सवले विशेष प्राथमिकता दिएको छ । आर्थिक सामाजिक खेलकुदको विकास कृषि तथा पर्यटनको प्रबद्र्धन खैरेनीटार महोत्सव कला सिप र सस्कृतीको संरक्षण भन्ने नारा सहित सुरु भएको महोत्सव चैत्र १९ गते सम्म चल्ने छ ।

About Editor Hamrofm

Check Also

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढायो, सर्वत्र विरोध

चितवन, चैत १५- भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *