Home / News / Local / सुकुम्बासी समस्या मूख्य चुनौतीः भुमी मन्त्री लामा

सुकुम्बासी समस्या मूख्य चुनौतीः भुमी मन्त्री लामा

चितवन, चैत ३– प्रदेश ३ का कृषि, भुमी व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्री दावा दोर्जे लामाले सुकुम्बासी समस्या समाधान गर्न निकै चुनौती पूर्ण रहेको बताउनुभएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघ चितवनले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री लामाले भुमी सम्बन्धी अन्य समस्या भन्दा सुकुम्बासी समस्या चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले उपयुक्त नियम, कानुन बनाएर सुकुम्बासी तथा भुमी समस्या समाधान गरिने बताउनुभयो । मन्त्री लामाले जग्गा व्यवसायीहरुको पनि आफ्नै समस्या रहेको भन्दै नयाँ नियम कानुन निर्माण नगरेसम्मा सबै समस्या समाधान गर्न नसकिने बताउनुभयो । कार्यक्रममा मन्त्री लामालाई संघका अध्यक्ष बाबुुराम अधिकारीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । मन्त्री लामा चितवन क्षेत्र नं.१ (क)बाट निर्वाचित हुनु भएको थियो ।

About Editor Hamrofm

Check Also

छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण

चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *