चितवन चैत २- होलिडेज क्रियशन होम नारायणगढले च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ गर्ने भएको छ । ७ देखि १३ वर्ष उमेरका बालबालिका लक्षित गरेर च्याम्प चितवन र १३ देखि १६ वर्ष उमेर लक्षित गरेर मिस्टर एण्ड मिस टिन चितवन आयोजना गरीने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । अघिल्लो वर्ष प्रिन्स एउण्ड प्रिन्सेस च्याम्प चितवनको सफलता पछि यस वर्ष दुई वटा इभेन्ट गर्न हौसिएको होलिडेज क्रियशन होम नारायणगढका प्रबन्धक लक्ष्मी पन्तले बताइन् । अघिल्लो कार्यक्रममा भएका कमिकमजोरी बाट धेरै सिकाई प्राप्त भएकोले यस पटक ग्राण्ड इभेन्ट गर्ने तयारी भएको उनले बताइन् । यूरोपियन संस्था इ प्लानेट इभेन्ट अर्गनाइजरको सहकार्यमा आयोजना गर्न लागिएको दुबै इभेन्टको फारम समेत खुला गरीसकिएको उनले जानकारी गराइन् ।गत फाल्गुन १६ गते देखि अनलाइन फारम खुल्ला गरीएको रयही चैत १६ गते सम्म फारम भर्न सकिने उनले जानकारी दिएकीछिन् । शैक्षिक सत्रको अन्त्यमा हुने विदाको सदुपयोग गर्दै बालबालिकाको प्रतिभा प्रस्फोटन एवम व्यक्तित्व विकासका लागि कार्यक्रम लाभदायक हुने आयोजक संस्था होलिडेज क्रियशन होम नारायणगढका सञ्चालक नारायण ढकालले बताए । फारम भरेकाहरुलाई चैत २१ देखि २३ गतेसम्म छनौट गरीसक्ने र १५ दिने तालिममा सहभागि गराइन उनले बताए । पहिलो चरणमा बालबालिकालाई उनीहरुको खुवी प्रस्तुत गर्न लगाउने र त्यसपछिका चरणमा प्रतिभा निखारका लागि प्रशिक्षकको निगरानीमा प्रशिक्षण दिइने सञ्चालक ढकालले बताए ।
Home / News / Local / होलिडेज क्रियशन होम नारायणगढले च्याम्प चितवन र मिस्टर एण्ड मिस टिन चितवन २०७५ गर्ने
Check Also
छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण
चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार …
Hamrofm Number 1 radio station in the town