Home / News / Local / चितवन साहित्य परिषद्को नव निर्मित भवनको भोलि विहान ११ बजे उद्घाटन हुने

चितवन साहित्य परिषद्को नव निर्मित भवनको भोलि विहान ११ बजे उद्घाटन हुने

चितवन चैत २- चितवन साहित्य परिषद्को नव निर्मित भवनको भोलि विहान ११ बजे उद्घाटन हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं ३ स्थित आनन्द टोल साहित्यपथमा निर्मित ३ तले भवनको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ साहित्यकार प्रा डा वासुदेव त्रिपाठीले उद्घाटन गर्नु हुने परिषद्ले जनाएको छ । परिषद्ले आज चिसाप भवनमा पत्रकार सम्मेलन गरी उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, भवन निर्माण समितिका अध्यक्ष श्रीभक्त अच्युत वाग्ले, उपाध्यक्ष केदारनाथ खनाल, सचिव बालकृष्ण थपलिया, कोषाध्यक्ष केशवकुमार श्रेष्ठले परिषद्का विविध पक्षमा प्रकाश पारेका थिए । उद्घाटन समारोहमा प्रमुख अतिथि प्रा डा वासुदेव त्रिपाठीलाई परिषद्को मानार्थ सदस्यता , जग्गादाता स्वामी कृष्णानन्द भारती गुणचन्द्र बिष्ट, प्रदेश सभा सदस्य माननीय गीता वाग्ले लगायत भवन निर्माणमा उल्लेखनीय योगदान गर्ने चन्दादाता तथा सहयोगीहरूलाई सम्मान गरिने परिषद्ले जनाएको छ । सोही समारोहमा साहित्यकारहरू प्रेम विनोद नन्दन , सरला जोशी , बाबुराम पाण्डे र शिवलाल लामिछानेका कृति बिमोचन गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनु भयो ।

About Editor Hamrofm

Check Also

छनोटका दुई खेलमा लगातार पराजित भएपछि एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण

चितवन १४ भदौं – एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएकोछ। छनोटका दुई खेलमा लगातार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *