Home / News / Local / चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन, फागुन ३०– चितवनको रत्ननगरमा बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट रत्ननगर–१ निवासी साइलयात्री ७४ वर्षीय रेशम बहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको वडा नम्बर १० हरिहर मन्दिर नजिक आज अपरान्ह भरतपुरबाट भण्डारातर्फ जादै गरेको बा ३ ख २३५४ नम्बरको बसले साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक सम्पर्कमा नरहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *