Home / News / Local / युवतीको अश्लिल भिडियो देखाएर व्ल्याकमेलिङ गर्ने तीर्थ पक्राउ

युवतीको अश्लिल भिडियो देखाएर व्ल्याकमेलिङ गर्ने तीर्थ पक्राउ

चितवन, फागुन २९– पछिल्लो समय नेपालमा सामाजिक संजालको दुरुपयोगका घटना धेरै सार्वजनिक हुन थालेका छन् । चितवन प्रहरीले यस्तै सामाजिक संजालको दुरुपयोग गर्दै रकम असुल्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सामाजिक संजाल फेसबुक मार्फत फाटो संकलन गरि अश्लिल फोटो र भिडियो बनाएर व्ल्याकमेलिङ गर्ने नवलपुर जिल्लाको स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१२ राधाकृष्ण चोक बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो । पीडितको उजुरीको आधारमा सापकोटालाई प्रहरीले आज भरतपुरको हाकिम चोकबाट पक्राउ गरेको हो । सापकोटाले विगत केही दिनदेखि महिला तथा युवतीहरुलाई फेसबुक मार्फत साथी बनाई फोटो संकलन गर्ने, अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरि रकम असुली गर्ने गरेको प्रहरीले जनाएको छ । उनले पछिल्लो समय भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने जमुना (नाम परिवर्तन) लाई अश्लिल फोटो बनाएर व्ल्याकमेलिङ गरि माघ महिनामा ५० हजार रुपैयाँ लिएका थिए । पछि पुनः विभिन्न मोबाईल नम्बर मार्फत फोन गरि अश्लिल भिडियो सामाजिक संजालमा पोष्ट गरिदिने भन्दै ३ लाख रुपैयाँ माग गरेका थिए । तर युवतीले थप पैसा नदिई प्रहरीमा उजुरी गरेपछि सापकोटा पक्राउ परेका हुन् । उनको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *