Home / News / National / अपडेटः विमान दुर्घटनामा ३६ जनाको मृत्यु

अपडेटः विमान दुर्घटनामा ३६ जनाको मृत्यु

काठमाडौं, फागुन २८-बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थल अवतरण गर्नेक्रममा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । आज विमानको वारेमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको थियो ।

विमानस्थलमै २८ जनाको र अस्पतालमा अरु ८ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।१७ जनाको केएमसीमा, पाँचजनाको नर्भिक अस्पतालमा र एकजनाको ॐ अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
घाइतेमध्ये दुईजना सामान्य घाइतेमात्रै भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दुर्घटनामा परेको विमानमा चालकदलका चारजनासहित ७१ जना सवार रहेको बताइएको छ । अरुको खोजीकार्य जारी रहेको पनि विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । यात्रीहरुमध्ये दुईजना बालबालिका, २८ जना महिला र ४१ जना पुरुष यात्री रहेको पनि विमानस्थलले जनाएको छ । विमानमा ३३ जना नेपाली सवार रहेको पनि बताइएको छ । तर, कसैको पनि परिचय खुलिसकेको छैन ।

विमान अवतरण गर्नेक्रममा ‘ओभरसुट’ भइ दुर्घटना भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु र विमानस्थलका अग्नि नियन्त्रकहरु उद्धारमा जुटेका थिए । घाइतेहरुलाई हेलिकोप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो । दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । यद्यपि, विमानको आगो केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा विमानस्थलमा दुर्घटना भएको हो । विमान विमानस्थल टावरसँग सम्पर्क नगरी गलत दिशाबाट आएको जनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले दुर्घटनास्थल पुगेर घटनाबारे जानकारी लिएका छन् ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *