Home / News / Local / चितवनमा लागुपदार्थ विरुद्ध १०० औ दिने अभियान आजदेखि सुरु

चितवनमा लागुपदार्थ विरुद्ध १०० औ दिने अभियान आजदेखि सुरु

आशा खरेल/चितवन ,फागुन २७-परिवर्तन आमा समूह के बि लाइन भरतपुर ११ ले हामी सबैको परिकल्पना लागुपदार्थ रहित समाजको चाहाना भन्ने नाराका साथ लागुपदार्थ विरुद्ध १०० औ दिने अभियान आजदेखि सुरु गरेको छ । गाउँका युवाहरु लागुपदार्थ जस्तो दृव्र्यसनीमा फसेका कारणले गर्दा युवामा चेतना फैलाउन र सकारात्मक बाटोमा हिड्याउनका लागि यो अभियान सुरु गरिएको हो । युवाहरु यसरी लागु पदार्थ सेवन गरी कुलतमा फस्न नदिन र जति फसेका छन तिनीहरुलाई पहिल्यैको सामान्य जीवनमा फर्काउनलाई आमा समूह लागि परेको छ । सो कार्यक्रममा सदस्य कल्पना श्रेष्ठ,बिष्णु माया पारियार, शोभा बि क,पुजा बि क,अमृता गुरुङ,लक्ष्मी गुरुङ,धनमाया गुरुङ ,सल्लाहकार चिज कुमारी राइ,हरि माया अधिकारी,कोषाध्यक्ष देबि राई,उपाध्यक्ष ईन्द्र कुमारी बुढा थोकि,सचीव जमुना परियार,अध्यक्ष सुन्दरी बि क र सम्पूर्ण टोलबासी लगायतको सहभागीमा कार्यक्रम जारी रहेको छ ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *