Home / News / Local / मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

चितवन , फागुन २७-पूर्वीचितवनको गवैमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका १३ गवैमा ना ४६ प ५१०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा रत्ननगर नगरपालिका ९ निवासी १७ बर्षका आशिष महत्तोको मृत्यु भएको हो । गएराती मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडी सवार महत्तो गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान पुरानो मेडिकल कलेज (कजेज अफ मेडिकल साइन्सेस) मा मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी ५ फसेराका क्रिपेश चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *