Home / News / Local / राजश्वमा कडाई गर्दै भरतपुर महानगर,व्यवसाय कर उठाउन ७ टोली परिचालन

राजश्वमा कडाई गर्दै भरतपुर महानगर,व्यवसाय कर उठाउन ७ टोली परिचालन

चितवन,फागुन २६- चितवनको भरतपुर महानगरपालिकाले व्यवसाय कर उठाउन शुक्रवारबाट ७ टोली परिचालन गरेको छ ।प्रक्षेपण गरिएको ६४ करोडको आन्तरिक आय उठाउन महानगरपालिकाले नगरकार्यपालिका सदस्यहरुलाई संयोजक तोकेर टोली खटाएको हो ।एक टोलीमा ५ जना सदस्य छन् । महानगरले चालु आवको फाल्गुणसम्म १५ करोड मात्रै आन्तरिक आम्दानी गर्न सकेको लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए । आर्यालका अनुसार परिचालित टोलीले व्यवसाय कर उठाउने, नविकरण नगर्ने व्यवसायीहरको नविकरण गर्ने र करको दायारामा ल्याउन जनचेतनामूलक कार्यक्रम गर्नेछ । महानगरले हालैं ५ देखि २ सय प्रतिशतसम्म व्यवसाय कर बढाएको छ । करलाई वैज्ञानिक र समय सापेक्ष बनाउन यस्तो निर्णय गरिएको आर्यालको दावी छ ।परिचालित टोलीले व्यवसाय करका बारेमा जनताको धारणा, जिज्ञासा र सुझावहरु पनि संकलन गर्नेछ । टोलीले ३ देखि ५ वटासम्म वडासम्म हेर्नेछ । हाल एक महिनाका लागि खटाइएको टोलीको रिर्पोट र कार्य सम्पादनको स्तरहेरी चरण चरणमा कार्यक्रम गरिने लेखा अधिकृत आर्यालले जानकारी दिए ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *