Home / sports / आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट

आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट

आइसल्याण्ड पहिलो पटक युरो कपका लागि छनोट भएको छ । चेक रिपब्लिकले पनि युरो कपमा स्थान बनाएको छ ।सोमबार राति भएको खेलमा काजकिस्तानसँग गोलरहित बराबरी खलेको आइसल्याण्डले पहिलो पटक कुनै पनि ठुलो प्रतियोगिता खेल्ने सुनिश्चित गरेको हो । आइसल्याण्ड ८ खेलबाट १९ अंकसहित समूह एको शीर्ष स्थानमा छ ।

आइसल्याण्ड युरो कपका लागि छनोट हुने सानो देश हो, जहाँको जनसंख्या मात्र ३ लाख १७ हजार छ ।

आइतबार राति नै भएको अर्को खेलमा लाटभियालाई २-१ ले पराजित गरेको चेक रिपब्लिकको पनि समान १९ अंक छ । तर, गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहृयो ।नेदरल्याण्ड भने टर्कीसँग ३-० ले पराजित भएको छ । हारसँगै नेदरल्याण्ड सिधै युरो कपका लागि छनोट हुन असफल भयो ।

via:onlinekhabar

About hamrofm

Check Also

कैलाश कप फुटबल प्रतियोगितामा आज तीन खेल सम्पन्न

चितवन,चैत १७- कैलाश युथ क्लब भरतपुर ११ कैलाशटोलको आयोजनामा कैलाश कप जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगितामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *