Home / News / Local / टि ट्वान्टी महिला क्रिकेटको उपाधी मिलनलाई

टि ट्वान्टी महिला क्रिकेटको उपाधी मिलनलाई

चितवन, फागुन २६ – झापाको मिलन क्रिकेट एकेडेमीले पूर्वी चितवनको रत्ननगरमा सम्पन्न टि ट्वान्टी महिला क्रिकेट लिगको उपाधी जितेको छ । शनिवार भएको फाईनल खेलमा शशस्त्र प्रहरी वल (एपिएफ) लाई २३ रनले पराजीत गर्दै मिलन क्रिकेट एकेडेमीले उपाधी आफ्नो पक्षमा पारेको हो । उपाधी जितेको मिलनले ट्रफीसहित नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्यो भने उपविजेता एपिएफले ट्रफीमा मात्रै चित्त वुझाउनु पर्यो । नेपाल माध्यमिक विद्यालयको मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको मिलन एकेडेमीले निर्धारीत २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतीमा १ सय ३२ रन वनाएको थियो । कप्तान रुविना क्षेत्रीले ५४ वल खेल्दै ४ छक्का र ६ चौकाको मद्यतमा ६७ रन वनाएर नट आउट रहिन् । जवाफी व्याटिङमा उत्रिएको एपिएफले पुरै ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ९ रन मात्र जोड्न सक्यो । मिलनका लागि संगीता राई र शान्ति चौधरीले समान २,२ विकेट लिए । लिगमा मिलन एकेडेमीकी कप्तान रुविना क्षेत्री वुमन्स अफ दि सिरिजबाट पुरस्कृत भईन् ।

क्षेत्री नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान समेत हुन् । त्यस्तै एपिएफकी कप्तान सीता राना मगर उत्कृष्ट व्याट्सवुमन्स,उत्कृष्ठ वलरमा मिलनकी शान्ती चौधरी,उत्कृष्ट फिल्डरमा मिलनकै अप्सरी वेगम र उत्कृष्ठ किपरमा मिलनकै काजल श्रेष्ठ घोषित भईन् । समापन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक वासुदेव खतिवडा र आयोजक राईजिङ क्रिकेट फर वुमन्स क्लवकी अध्यक्ष आरती विडारीले विजयी टिम र उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

About Editor Hamrofm

Check Also

चितवनमा डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्ने

चितवन १३ असार– चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *