Home / News / National / टि ट्वान्टी महिला क्रिकेट : एपिएफ र मिलन महिला क्रिकेटको फाईनलमा प्रवेश

टि ट्वान्टी महिला क्रिकेट : एपिएफ र मिलन महिला क्रिकेटको फाईनलमा प्रवेश

चितवन, फागुन २५ – पूर्वी चितवनको रत्ननगरमा जारी टि ट्वान्टी महिला क्रिकेट लिगको फाईनलमा शशस्त्र प्रहरी वल (एपिएफ ) र मिलन क्रिकेट एकेडेमी प्रवेश गरेका छन् । शीर्ष दुई स्थानमा रहदै यि दुई टोलीले फाईनल भिडन्त पक्का गरेका हुन् । लिगमा एपिएफले तीन वटै खेल जित्यो भने मिलनले दुई खेल जित्दै फाईनलको यात्रा वनाएको हो । लिगको अन्तिम खेलमा एपिएफले आयोजक राईजिङ क्रिकेट वुमन्स क्लव र मिलनले भारतको अल इन्डिया वुमन्स टि ट्वान्टी क्रिकेट एसोसियसनलाई पराजीत गरयो । शुक्रवार भएको अन्तिम खेलमा एपिएफले राईजिङलाई ८ विकेटले पराजीत गर्दै शीर्ष स्थानमा रहदै फाईनल प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको राईजिङले निर्धारीत २० ओभरमा ४ विकेटको क्षतीमा १ सय २६ रन वनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको एपिएफले ११ वल वाँकी छदै मात्र २ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । एफिएफको जीतमा कप्तान सीता राना मगरले ५१ रनको योगदान गरिन् । उनी वुमन्स अफ दि म्याच समेत भईन् । शुक्रवारको दोश्रो खेलमा मिलन क्रिकेट एकेडेमीले अल इन्डिया वुमन्स टि ट्वान्टी क्रिकेट एसोसियसन भारतलाई ७ विकेटले पराजीत गर्दै उपाधी भिडन्त पक्का गरेको हो । भारतले दिएको एक सय रनको लक्ष्य मिलनले १३ ओभर २ वलमा पुरा गर्यो । मिलनको जितमा नेपाली राष्ट्रिय महिला क्रिकेटकी पुर्व कप्तान समेत रहेकी नेरी थापाले ३७ रन,कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान दिईन् । २ विकेट समेत लिएकी नेरी वुमन्स अफ दिन म्याच भईन् । यसअघि टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारीत ओभरमा ९ विकेट गुमाएर ९९ रन वनाएको थियो । शनिवार हुने फाईनलको विजेताले ट्रफीसहित नगद ५० हजार र उपविजेताले ट्रफी प्राप्त गर्ने आयोजक राईजिङ क्लवकी अध्यक्ष आरती विडारीले जानकारी दिईन् ।

About Editor Hamrofm

Check Also

भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी

चितवन ५ असोज– भरतपुर महानगरपालिका भित्र ६६.९ प्रतिशत मानिसको पहुँचमा शुद्ध खानेपानी पुगेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *