Home / News / Local / चितवनमा आजदेखी अन्तर्राष्ट्रियस्तरको महिला क्रिकेट लिग सुरु, एपिएफ र राईजिङ विजयी

चितवनमा आजदेखी अन्तर्राष्ट्रियस्तरको महिला क्रिकेट लिग सुरु, एपिएफ र राईजिङ विजयी

चितवन,फागुन २३- चितवनको रत्ननगरमा आज (बुधवार)देखी अन्तर्राष्ट्रियस्तरको महिला क्रिकेट लिग सुरु भएको छ । काठमाडौमा रहेको राईजिङ क्रिकेट र्फम वुमन्स क्लवको आयोजनामा रत्ननगरको टाँडीमा टि-ट्वान्टी महिला क्रिकेट लिग सुरु भएको हो । पहिलो दिनको खेलमा शशस्त्र प्रहरी वल ( एपिएफ) र आयोजक राईजिङ विजयी भएका छन् । नेपाल माविको मैदानमा भएको उद्घाटन खेलमा एपिएफले मिलन क्रिकेट एकेडेमीलाई ३ विकेट पराजीत गरेको हो । निर्धारित १५ ओभरको खेलमा ० रनको लक्ष्य एपिएफले ३ वल वाँकी छँदा ७ विकेटको क्षतीमा पुरा गरेको थियो । एपिएफका लागि सरिता मगरले सर्वाधिक ३० रन,सिता राना मगरले १४ र करुणा भण्डारीले ११ रन वनाएकी थिईन् । यसअघि टस जितेर पहिले व्याटिङ गरेको मिलनका लागि कप्तान रुविना क्षेत्रीले ४६ रन वनाएपनि त्यो जितका लागि प्रयाप्त भएन । मिलनका लागि २ विकेट समेत लिएकी कप्तान क्षेत्री वुमन्स अफ दि म्याच घोषित भएकी आयोजक राईजिङका सदस्य राजन श्रेष्ठले वताए ।

यस्तै बुधवार भएको दोश्रो खेलमा अल इन्डिया वुमन्स टि ट्वान्टी क्रिकेट एसोसियसन भारतलाई आयोजक राईजिङ क्रिकेट फर वुमन्सले ३६ रनले पराजीत गर्यो । टस हारेर व्याटिङ गरेको राईजिङले निर्धारित १२ ओभरमा १ सय १९ रन वनाएको थियो । राईजिङका लागि ममता चौधरीले नट आउट ४७ ,वर्षा रानाले पनि नट आउट रहदै ३ रनको योगदान गरिन् । जवाफी व्याटिङमा उत्रिएको भारतले पुरै ओभर खेल्दै २ विकेटको क्षतीमा मात्र ८२ रन वनाउन सक्यो । प्रतियोगिता लिगका आधारमा खेलाईएको छ । शीर्ष स्थानमा रहने टोलीले फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद ५० हजार रुपैया,ट्रफी र व्याट तथा उपविजेताले ट्रफी प्राप्त गर्ने आयोजक राईजिङ क्रिकेट फर वुमेन क्लवकी अध्यक्ष आरती विडारीले जानकारी दिईन् ।

About Editor Hamrofm

Check Also

प्रदेश मन्त्री जम्मरकट्टेलद्धारा जिल्ला कारागार चितवनको आकस्मिक निरीक्षण

चितवन १० असोज– प्रदेश नम्वर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले जिल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *