Home / News / Local / चितवनमा केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवनमा केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने

चितवन,फागुन २३- नेपालसहित विश्वका २० देशका केमिकल वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनको सौराहामा हुने भएको छ । भोलि (बिहीबारं)बाट शुरु हुने सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनको उद्घाटन नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गर्ने कार्यक्रम छ । सम्मेलनमा २० देशका एकसय जना केमेस्ट्री वैज्ञानिकहरु र अन्य ५० जना अनुसन्धानको क्षेत्रमा काम गरिरहेका विद्यार्थीहरु सहभागी हुनेछन् । ‘केमेस्ट्री फर ससटेनेबल डेभलभमेन्ट’को नारासहित हुन लागेको सम्मेलनमा १७० वटा कार्यपत्र पेश गरिनेछ । केमेस्ट्रीको क्षेत्रमा विश्वका विभिन्न देशमा भैरहेका अनुसन्धान, उपलब्धी एवम् त्यसको प्रबद्धनका लगायतका विषयमा ज्ञानको आदानप्रदान गर्ने उद्धेश्य सम्मेलनको भएको नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्रा.डा. अमरप्रसाद यादवले जानकारी दिए ।राजधानी काठमाण्डौं बाहिर भरतपुरको वीरन्द्र क्याम्पसमेतको आयोजनामा गर्न लागिएको सम्मेलनले रसायन शास्त्रको क्षेत्रमा नेपालको वर्तमान अवस्थाका बारेमा समेत छलफल हुनेछ ।वीरेन्द्र बहुमुखी क्याम्पसका एमएसी संयोजक उपप्राध्यापक मनोज बिष्टले राज्यले रसायन शास्त्रको क्षेत्रमा अध्ययन र अनुसन्धानका लागि ठोस ध्यान नदिएको गुनासो गरे । राज्यलाई यसको महत्वलाई बुझाउन एवम् नेपालमा भैरहेका अनुसन्धान र उपलब्धीहरुलाई जनताको जीवनसँग जोड्न यो सम्मेलन फलदायी हुने विष्टको भनाइ छ ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *