Home / Entertainment / ‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

‘रेशम फिलिली’ को कमाइ साढे २ करोड नाघ्यो

दुई हप्तायता चलेका फिल्मले राम्रो आम्दानी गरेपछि धमाधम आम्दानी विवरण सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा ‘रेशम फिलिली’ले नेपाल र विदेशमा गरेको आम्दानी सार्वजनिक गरेको छ।
उसको विश्वव्यापी आम्दानी २ करोड ५९ लाख लाखको ब्यापार गरेको दावी गरेको छ। भूकम्प जानुअघि बैशाख ११ गतेको कलेक्सन पनि यसमा जोडिएको छ। विदेश र डिभिडी राइट पनि उसले विक्री गरेको छ।विदेशबाट ७६ लाख कमाएको फिल्मले नेपालबाट १ करोड ७५ लाख कमाउन सक्यो। नेपालभित्रको कलेक्सनमा काठमाडौंबाट १ करोड ३१ लाख र मोफसलबाट ४४ लाख १३ हजार आम्दानी भएको फिल्मको निर्माण पक्षले विज्ञप्ती मार्फत जानकारी दिएको छ।

डिभिडी राइट १४ लाख स्पोन्सरबाट ४ लाख आम्दानी भएको छ। निर्माता माधव वाग्लेले फिल्म अझै पनि केही हलमा प्रदर्शन भैरहेको जनाए । प्रणव जोशी निर्देशित फिल्मको चर्चित गीत ‘जालमा..’लाई ३० लाखले युट्युवमा हेरिसकेका छन्।

About hamrofm

Check Also

चित्रवन रंगशाला निर्माण अलपत्र, धुर्मुसलाई प्रस्ताव गर्ने महानगरको तयारी

चितवन,चैत १८- पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *