Home / News / Local / सिरियामा भएको वालवालिका र वालश्रमको विरुद्धमा सनराईज कलेजको सप्ताहाव्यापी हस्ताक्षर संकलन

सिरियामा भएको वालवालिका र वालश्रमको विरुद्धमा सनराईज कलेजको सप्ताहाव्यापी हस्ताक्षर संकलन

आशा खरेल/चितवन, फागुन २२-  सिरियामा भएको राक्षसी प्रवृती, आतंकवाद र नेपालमा समेत जोखिममा परेका वालवालिका र वालश्रमको विरुद्धमा सनराईज कलेज भरतपुरको अगुवाईमा भएको सप्ताहाव्यापी गरेको कार्यक्रम अन्तरगत आज पाँच वटा स्कुल तथा कलेजका विद्यार्थीहरुले हस्ताक्षर संकलन गरेका छन् । जिल्ला वाल संरक्षण अधिकृत महेस पौडेल प्रमुख अतिथी रहनु भएको कार्यक्रममा आदर्श गृहकी सस्थापक अध्यक्ष मिना खरेल, मञ्जुश्री असहाय संरक्षण केन्द्रकी प्रमुख मञ्जु खाँड, आरुसी मिडिया प्रालीका निर्देशक सन्तोष वस्ताकोटी विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा जिल्ला वालकल्याण अधिकारी शान्ता कुमारी पौडेल, सनराईज कलेजका कोअडिनेटर भुवनवन्धु अधिकारी, कार्यक्रम संयोजक रोहन वगाले,र सुरज रेग्मी, वाल्मिकी शिक्षा सदनका विद्यार्थी समिर पाण्डे, रुपक घिमिरे लगायतले वोलेका थिए । कार्यक्रम सनराई कलेजकी विधार्थी गरिमा राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

About Editor Hamrofm

Check Also

घरको छतबाट खसेर महिलाको मृत्यु

नुवाकोट १४ भदौं – घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । घरको छतबाट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *