बेलायतमा बस्दै आएका नेपाली युवा लेखराज लिम्बुले टीकापुर घटनामा परी ज्यान गुमाएका प्रहरीको परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
सुनसरीको तरहरा २ घर भई हाल बेलायतको वइमली अलपटनमा बस्दै आएका लिम्बुले मृतक प्रहरीको परिवारलाई उक्त रकम प्रदान गरेका हुन् ।
रोजगारीसँगै सामाजिक सेवामा सक्रिय लिम्बुले घरको रोजिरोटीको व्यवस्था गर्ने व्यक्तिको दुःखद निधन भएकाले उनीहरुको परिवारमा केही सहयोग पुगोस भनेर आफूले थोरै भएपनि सहयोग गरेको बताए । उनले भने-‘मसँग धेरै भएर दिएको हैन । तर, म त काम गर्न सक्छु उहाँहरुको परिवारको मुख्य मान्छे नै गुमेको छ । मेरो सानो सहयोगले उहाँहरुलाई ठूलो राहत महसुश हुनसक्छ ।’
लिम्बुले यसअघि भूकम्पबाट क्षति भएको सिन्धुपाल्चोक तथा दोलखाका अति प्रभावित गाउँमा पुगेर राहत वितरण गरेका थिए ।
vai:Onlinekhabar