Home / News / Local / चितवनमा बुधबारदेखि महिला टि–ट्वान्टी क्रिकेट लिग हुँदै

चितवनमा बुधबारदेखि महिला टि–ट्वान्टी क्रिकेट लिग हुँदै

चितवन, फागुन २१– चितवनमा पहिलो पटक महिला टि–ट्वान्टी क्रिकेट लिग पर्सी (बुधबार)बाट सुरु हुँदैछ । राईजीङ क्रिकेट अफ वुमन्सले आयोजना गर्न लागेको प्रतियोगिताको तयारी लगभग पुरा भएको छ । आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिता रत्ननगरस्थित नेपाल माबिको मैदानमा हुनेछ । प्रतियोगितामा कुल ४ टोलीको सहभागिता रहने राईजीङ क्रिकेटकी अध्यक्ष आरती बिडारीले जानकारी दिनुुभयो । चारदिनसम्म चल्ने प्रतियोगिता लिगको आधारमा हुनेछ । लिग पछि शिर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा आयोजक राईजीङ क्रिकेट अफ वुमन्स, सशत्र प्रहरीको एपीएफ क्लब, मिलान क्रिकेट एकेडमी र भारतको अल इण्डिया टि–ट्वान्टी क्रिकेट एसोसियसनको सहभागिता रहने अध्यक्ष बिडारीले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ट्रफीसहित ५० हजार प्राप्त गर्ने छ भने उपविजेताले ट्रफी र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले क्रिकेट खेलसम्बधि गिफ्ट प्राप्त गर्ने छन् ।

About Editor Hamrofm

Check Also

भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल

चितवन १५ श्रावण– भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल थालिएको छ । नेपाल सरकारको तीन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *