Home / News / Local / शहीद तथा बेपत्ता परिवारलाई माओवादी केन्द्रको सम्मान

शहीद तथा बेपत्ता परिवारलाई माओवादी केन्द्रको सम्मान

चितवन, फागुन २१– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चितवनले शहीद तथा बेपता परिवारलाई सम्मान गरेको छ । २३ औं जनयुद्ध दिवसको अवसरमामा आज (सोमबार) चितवन भित्र बसोबास गरेका जनयुद्धको क्रममा राज्यबाट बेपत्ता पारिएका ३० र जनयुद्धको क्रममा निधन भएका १२१ जना परिवारलाई माओवादी केन्द्रले सम्मान गरेको हो । कार्यक्रममा प्रदेश सांसद धनश्याम दाहाल, रामलाल महत्तो, कञ्चन खनालसहित केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो । माओवादी केन्द्र चितवनले फागुन १४ गतेदेखी सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेको थियो । आज फागुन २१ गते शहीदहरुलाई सम्मान गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको हो । जनयुद्धको क्रममा राज्यबाट आफनो बुवा बेपत्ता पारिएको बताउदै निशा न्यौपानेले पार्टीले शहीदहरु सम्मान गरेको भएपनि सरकारले सम्मान नगरेको बताउनु भयो । पार्टी कार्यालय भरतपुरमा माओवादी केन्द्र चितवन जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई प्रमुख आतिथ्यता र युद्धको बेलामा दुई भाई घुमाउनु भएका शहीद परिवार सदस्य अञ्जन कुमार तिमल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

About Editor Hamrofm

Check Also

चितवनमा एबिसी एजुकेशन एण्ड माइग्रेशनको सेमिनार हुने

चितवन,जेठ २- जेठ ४ गते चितवनमा अष्ट्रेलियन एजुकेशन सेमीनारको आयोजना हुने भएको छ । अष्ट्रेलिया लगाएतका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *