Home / Entertainment / साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको बिमोचन

साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको बिमोचन

आशा खरेल/चितवन, फागुन २०- साहित्यकार ईन्द्र रेग्मि द्धारा लिखित तीन वटा कृर्तिको हिजो बिमोचन गरिएको छ । जनसांस्कृतिक महासंघ चितवन, साहित्य संगम चितवन र प्रगतीशिल लेखक संघ चितवनको समयुक्त आयोजनामा ईन्द्र प्रसाद रेग्मीका कृतिहरु अनुहारको म्याराथन, समयको शल्यक्रिया, बिर्सन सकिएन त तिनवटा लेख सङग्रह र संस्मरणको लोकापर्ण गरिएको हो । लेखक रेग्मीका कृतिको समालोचना गर्दे समालोचक डि आर पोखरेलले देश, जनताप्रति र आफ्नै पार्टीका आस्थाप्रति पार्टीहरु बिचलित बनेको समयमा देश र जनताप्रति संबेदनशिल व्यक्तिको दस्ताबेजको रुपमा समयको शल्यक्रिया कृति रहेको बताउनुभयो । उहाले कृतिमा व्यग्यप्रहार र हरेक बिषयबस्तुमा सहमति , असहमति दुबै प्रस्तुत गरेर सुन्दर रुपमा प्रस्तुत गर्न सफल भएको उल्लेख गर्नुभयो । समालोचक पोखरेलले यथार्थपरक समासामयीक, जनसरोकार र सरल अभिव्यक्ति दिने लेखक रेग्मीको खुबी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै साहित्यकार सरिता तिवारीले ईन्द्र रेग्मी नाम संगै एक अस्तित्व वान र प्रतिबद्ध लेखक रहेको बताउनुभयो । उहाले कृति प्रभाबशाली र पठनिय बनेको समेत उल्लेख गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दे बिपिन पाठकले समाजमा बर्गभेद हटाएर सबैको हकहित र संरक्षण गर्नुपर्छ भनेर लाग्ने तथा हुँदा खाने बर्गका लागि लेख्ने लेखक ईन्द्र प्रसाद रेग्मी रहेको बताउनुभयो । कृतिको लेखक रेग्मीकी नातिनी ईशा रेग्मीले हजुरबाबा द्धारा लिखित कृतिहरुको बिमोचन गर्नु भएको थियो । कार्यक्रममा विमोचित कृतिबारे वरिष्ठ निबन्धकार रामबाबु घिमिरे, द्वारिका नेपाल, प्रेम रिमाल,सरिता तिवारी, उदय अधिकारी, कपिल अज्ञातलगायतले टिप्पणी गरेका थिए । अहिलेसम्म लेखक रेग्मीका लेख, हाईकु , कबिता सङग्रह र संस्मरण गरि ६ वटा कृतिहरु प्रकाशित रहेका छन । २)६८ सालमा पनि रेग्मीका तीनवटा कृति एकै पटक बिमोचन गरिएको थियो ।

About Editor Hamrofm

Check Also

क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकार थप छलफलमा

चितवन २९ कार्तिक– क्याबिनेटको निर्णय तत्काल सार्वजनिक नगर्ने नीतिप्रति सर्वत्र आलोचना भएपछि सरकारले यसबारे थप …

Leave a Reply

Your email address will not be published. Required fields are marked *